कर्णाली प्रदेश सरकारको भूमि मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त, पद तथा गोपनियताको शपथ

कर्णालीपत्र संवाददाता १ मंसिर २०७८, बुधबार १०:३८

 

सुर्खेत । कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा एकीकृत समाजवादी दलका नेता चन्द्रबहादुर शाहीले नियुक्त भएका छन् । मन्त्रीमा नियुक्त भएलगत्तै उनले मंगलबार साँझ नै प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् ।

यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले शाहीलाई कानुन मन्त्रीमै नियुक्त गरिएको दाबी गरेको थियो । तर, नवनियुक्त मन्त्री शाहीले आफूलाई कृषि मन्त्री उपयुक्त लागेको भन्दै मागेपछि अन्तिममा आएर उनले सोही मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

मन्त्रालय फेरबदल भएका कारण तोकिएको समयमा पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम हुन सकेको थिएन । मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री बनेको झण्डै दुई सातापछि एक मन्त्री नियुक्त गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगलागी पीडितका लागि राहत लिएर मुगु पुगे मुख्यमन्त्री शाही

१ मंसिर २०७८, बुधबार १०:३८
सुर्खेत । आगलागी पीडितका लागि राहत लिएर कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही मुगु पुगेको छन् । उनी राहत सामग्रीसहित नेपाली सेनाको हेलिकप्टरमा बुधबार बिहान आगलागीबारे स्थलगत अनुगमन गर्न मुगु पुगेका हुन् । आगलागी पीडितका लागि खाद्यान्न, लत्ताकपडा र त्रिपाल वितरण गरिने छ । तत्कालीन राहत सामग्रीहरू टेन्ट, लत्ताकपडा, भाँडा काठमाडौंबाटै […]