मन्त्रिमण्डल चाँडै बिस्तार हुन्छ : मुख्यमन्त्री शाही

कर्णालीपत्र संवाददाता २२ कार्तिक २०७८, सोमबार १४:१७

हुम्ला – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिमण्डल चाँडै बिस्तार हुने बताएका छन् । हुम्लाका सरकारी कार्यालयका प्रमुखसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।

सरकार गठन गलत्तै तिहारको बिदा परेको कारण मन्त्रिमण्डल बिस्तारमा केही ढिलाई भएपनि अब चाँडै मन्त्रीहरु थपिने उनले बताए । गठबन्धन दलका नेताहरुबीच सरकार बिस्तारबारे छलफल चली रहेको उनले बताए ।

उनी कात्तिक १६ गते कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका थिए । सरकारले पूर्णता पाए लगत्तै बिकासे काम अगाडि बढाउन सहज उनले उनले बताए । कर्मचारीहरुलाई मुख्यमन्त्री शाहीले जनताको काम ईमानदारीता र पारदर्सीताका साथ गर्न निर्देशन दिएका छन् । तीन तहका सरकारकाबिच समन्वय गरेर काम गर्न पनि उनले आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जिल्लाका समस्याका बारेमा मुख्यमन्त्री शाहीलाई अवगत गराए । मुख्यमन्त्री भएपछि पहिलो शाही गृह जिल्ला हुम्ला शनिबार बेलुका आएका हुन् । उनले वर्षा जिल्लामा गरेको क्षतिको अवलोकन पनि गरे । उनी सोमबार नै प्रदेश राजधानी सुर्खेत फिर्ता हुँदै छन् ।

यसैबची जिल्लाबासी मुख्यमन्त्री भएपछि जिल्लाका जनप्रतिनिधि तथा हुम्लाबासीको तर्फबाट मुख्यमन्त्री शाहीलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेश सरकारको भूमि मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त, पद तथा गोपनियताको शपथ

२२ कार्तिक २०७८, सोमबार १४:१७
  सुर्खेत । कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा एकीकृत समाजवादी दलका नेता चन्द्रबहादुर शाहीले नियुक्त भएका छन् । मन्त्रीमा नियुक्त भएलगत्तै उनले मंगलबार साँझ नै प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले शाहीलाई कानुन मन्त्रीमै नियुक्त गरिएको […]