कर्णाली मुख्यमन्त्री शाहीले दिए राजीनामा, अब कांग्रेसको नेतृत्व

कर्णालीपत्र संवाददाता १६ कार्तिक २०७८, मंगलवार १३:३५

कर्णाली :   कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा घोषणा गरेका छन्।

 प्रदेशबासीको नाममा सोमबार बेलुकी सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले राजीनामा घोषणा गरेका हुन्।

वैशाख २ गते नेपाली कांग्रेस र हाल सरकार सञ्चालन गरिरहेको माओवादी केन्द्रबीच कर्णाली प्रदेशमा सरकार आलोपालो सञ्चालन गर्ने सहमति भएको थियो। कात्तिक १५ गतेसम्म माओवादीले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले नेतृत्व लिने सहमति दुई पक्षबीच भएको थियो।

यही सहमतिअनुसार मा‌ओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले कांग्रेसका लागि मार्गप्रसस्त गरेका हुन्।

शाहीको राजीनामा घोषणासँगै कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुख्यमन्त्री शाहीको प्राथमिकतामा ‘६ब’

१६ कार्तिक २०७८, मंगलवार १३:३५
नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। हालको ३५ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र कांग्रेसका २१ जना सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका शाहीका अघाडी चुनौतिका पहाड छन्। सबैभन्दा ठूलो भूगोल र कम जनसंख्या भएको कर्णाली प्रदेशमा रोग, भोक, गरिवी र अशिक्षा […]