कर्णालीमा सत्ता फाँडफाँटको किचलो झन् बढ्यो

कर्णालीपत्र संवाददाता ८ कार्तिक २०७८, सोमबार १३:३५

सुर्खेत । कर्णालीमा सत्ता परिवर्तनको चर्चा चुलिएको छ । सम्झौताअनुसार बहालवाला मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ता साझेदार कांग्रेसका जीवनबहादुर शाहीलाई सत्ता हस्तान्तरण गर्ने भनिएको तर शाहीले नछाड्ने संकेत दिएपछि सत्ता परिवर्तनको सवाल पेचिलो बनेको हो । सत्ताघटक दलको भागबण्डामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने रमिता हेरिरहेको छ ।

यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने बेला कांग्रेस र माओवादीले आलोपालो सरकार चलाउने सम्झौता भएको भनिएको छ । तर नेकपा माओवादी केन्द्रले वैशाख तीन गतेको सहमति पार्टीको संसदीय दल र पार्टीले जानकारी जानकारी नपाएको बताउँदै वर्तमान सरकार जोगाउन पार्टी केन्द्रलाई समेत आग्रह गरेको छ । तर, कांग्रेस नेता शाही भने छिटोभन्दा छिटो सहमति कायान्यन गरेर आफूलाई सत्ताको नेतृत्व दिनुपर्ने दावी गरिरहेका छन् ।

‘विगतमा हामीले कर्णाली हेरेर मात्रै सहमति गरेका थियौं तर अब राष्ट्रिय सहमतिका आधारमा सत्ताको भागबण्डा हुन्छ’, एक माओवादी नेताले भने, ‘मंसिरअघि सत्ता फेरबदलको कुनै सम्भावना छैन ।’

यसरी कांग्रेस र माओवादीको भागबण्डा किचलोको एमालेले रमिता हेरिहेको छ । ‘हामी अहिले पार्टी निर्माणमा लागिरहेका छौं, सत्ताको खेलामा लागेका छैनौं’, एमाले प्रमुख सचेतक गुलावजंग शाहले भने, ‘एमाले सत्ताका लागि र्याल चुहाएर बस्ने पार्टी होइन । एमाले त्याग पनि गर्छ । चालिस सिटमा बीस सिट जित्दा पनि हामीले त्याग गरेकै हो ।’

उनले परिआएको खण्डमा एमालेले जुनसुकै निर्णय लिनसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली मुख्यमन्त्री शाहीले दिए राजीनामा, अब कांग्रेसको नेतृत्व

८ कार्तिक २०७८, सोमबार १३:३५
कर्णाली :   कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा घोषणा गरेका छन्।  प्रदेशबासीको नाममा सोमबार बेलुकी सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले राजीनामा घोषणा गरेका हुन्। वैशाख २ गते नेपाली कांग्रेस र हाल सरकार सञ्चालन गरिरहेको माओवादी केन्द्रबीच कर्णाली प्रदेशमा सरकार आलोपालो सञ्चालन गर्ने सहमति भएको थियो। कात्तिक १५ गतेसम्म माओवादीले सरकारको नेतृत्व […]

सम्बन्धित शीर्षक