इजलासमा नबसी न्यायाधीशहरु सामूहिक बैठकमा

कर्णालीपत्र संवाददाता ८ कार्तिक २०७८, सोमबार १३:३०

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशहरु इजालासमा नगई सामूहिक छलफलमा जुटेका छन् । विवादास्पद बनेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नियमित जस्तै पेशी तोकी आफू बाहेकका न्यायाधीशको इजलास तोकेका थिए ।

तर न्यायाधीशहरु भने इजलासमा नगएर सामूहिक छलफलमा जुटेका हुन् । प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा नजाने निर्णय गरेको न्यायाधीशहरुले इजलासमा बस्ने नबस्ने बारे बैठकमा छलफल गरिरहेका छन् ।

सोमबार प्रधानन्यायाधीशसहित १३ जना न्यायाधीश सर्वोच्चमा उपस्थित छन् । न्यायाधीशहरु इजलासमा नगई बैठकमा बसेपछि वकालतका लागि पुगेका वकिलहरु भने पर्खिरहेका छन् । सोमबार घर बिदामा रहेका कारण न्यायाधीश कुमार चुडाल अदालत उपस्थित छैनन् ।

यस्तै सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा खप्तड घुमघाममा छन् । न्यायाधीश ईश्वर खतिवडा अमेरिका, तेजबहादुर केसी घर बिदामा र नहकुल सुवेदी बिरामी भएका कारण अदालतमा उपस्थित छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा सत्ता फाँडफाँटको किचलो झन् बढ्यो

८ कार्तिक २०७८, सोमबार १३:३०
सुर्खेत । कर्णालीमा सत्ता परिवर्तनको चर्चा चुलिएको छ । सम्झौताअनुसार बहालवाला मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ता साझेदार कांग्रेसका जीवनबहादुर शाहीलाई सत्ता हस्तान्तरण गर्ने भनिएको तर शाहीले नछाड्ने संकेत दिएपछि सत्ता परिवर्तनको सवाल पेचिलो बनेको हो । सत्ताघटक दलको भागबण्डामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने रमिता हेरिरहेको छ । यसअघि मुख्यमन्त्री […]