लगानी जुटाउन जीएमआरलाई थप दुई वर्ष समय दिने तयारी

कर्णालीपत्र संवाददाता २ कार्तिक २०७८, मंगलवार १४:१०

  ‘

काठमाडौं ।    सरकारले माथिल्लो कर्णाली निर्माणका लागि लगानी जुटाउन नसकिरहेको भारतीय कम्पनीलाई थप समय दिने तयारी गरेको छ ।

गत २३ असोजमा लगानी बोर्डले ९०० मेगावाटको माथिल्लो कर्णालीमा भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर)सँगको सम्झौता थप गर्ने वा नगर्ने विषयमा सुझाव दिन भन्दै उच्चस्तरीय समिति गठन गरिसकेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा गठन भएको समितिले परियोजनाको सन्दर्भमा अध्ययन गरी ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने भनिएको छ । लगानी बोर्ड स्रोतका अनुसार जीएमआरले लगानी जुटाउन करिब डेढदेखि दुई वर्षको समय माग गरेपछि प्रक्रिया पूरा गर्न मात्रै यो समिति गठन भएको हो ।

जीएमआरले लगानीको स्रोत जुटाउन नसक्दा माथिल्लो कर्णाली आयोजनाको निर्माण १३ वर्षदेखि अघि बढ्न सकेको छैन । जीएमआरले सन् २००८ मा नै आयोजना पाएको भए पनि अहिलेसम्म निर्माणको लागि लगानी जुटाउन सकेको छैन ।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बखत यो आयोजना जीएमआरलाई दिइएको थियो । तर, कम्पनीले आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गर्न नसक्दा आयोजना नै अन्योलमा छ ।

आयोजनालाई वित्तीय व्यवस्थापनका लागि दिइएको पछिल्लो म्याद ३ वर्षअघि नै सकिएको थियो । त्यसपछि बोर्ड आयोजनाको म्याद थप गर्ने/नगर्नेबारे अनिर्णित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काग्रेस नेता शाहीले एमालेसँग पनि गरेका थिए तीन बुँदे सत्ता सहमति

२ कार्तिक २०७८, मंगलवार १४:१०
सुर्खेत । कर्णाली प्रदेश सरकारको नेतृत्वबारे माओवादी केन्द्र र नेपाली कांग्रेसबीच रस्साकस्सी चलिरहँदा कांग्रेस नेता जीवनबहादुर शाहीले नेकपा (एमाले) सँगपनि मिलेर सत्ता चलाउने सहमति गरेको खुलेको छ । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता समेत रहेका शाहीले तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विस्थापित गरि गत माघ महिनामा नेकपा (एमाले)सँग तीन […]

सम्बन्धित शीर्षक