अपडेट : मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो

कर्णालीपत्र संवाददाता २६ आश्विन २०७८, मंगलवार १६:५६

सुर्खेत । मुगुमा बस दुर्घटना  मृत्यु हुनेको संख्या २८ पुगेको छ । २४ जनाको घटनास्थलमै र ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रम्मा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटनामा परेको थियो । घाइते भएका १४ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो ।  उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रहरीले जनाएको छ । नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारमा खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओली-प्रचण्डलाई फेरि मिलेर अघि बढ्न चिनियाँ राजदूतको सुझाव

२६ आश्विन २०७८, मंगलवार १६:५६
काठमाडौं । छिमेकी मुलुक चीनले नेपालमा अझै पनि एउटै र बलियो कम्युनिष्ट पार्टी होस् भन्ने आफ्नो चाहना प्रकट गरेको छ । नेपाल डायलग फोरमले आज (मंगलबार) भर्चुअल माध्यममा आयोजना गरेको कार्यक्रममा बोल्दै चिनियाँ राजदूत होउ यान्छीले चीनको सो चाहना व्यक्त गरेकी हुन् । नेपालमा स्थायित्वका लागि दुई ठूला कम्युनिष्ट पार्टी […]