मुगुको बस दुर्घटनामा २६ जनाको मृत्यु

कर्णालीपत्र संवाददाता २६ आश्विन २०७८, मंगलवार १६:४६

काठमाडौं । मुगुमा आज दिउँसो भएको बस दुर्घटनामा २६ जनाको मृत्यु भएको छ । मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस २ सय मिटर तल खसेको थियो ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको हो । हालसम्म २६ जनाको मृत्युको भएको नगरपालिकाका प्रमुख हरि जंङ्ग शाहीले जानकारी दिए । करिब २५–२६ जना घाइते भएको उनले बताए ।

प्रदेश प्रहरी कार्यालयबाट डीएसपीसहतिको टोली अहिले घटनास्थलमा उद्दारमा सक्रिय छ ।

घाइतेलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठले बताए । सुर्खेतबाट सेनाको हेलिकप्टरबाट घाइतेहरुको उद्धार गरिरहेको र बाँकीलाई एम्बुलेन्सबाट अस्पताल पुयाइरहेको उनले बताए ।

घाइतेमध्ये केही गम्भीर अवस्थामा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी जिल्ला कमिटी सदस्यसहित दर्जनौं एमालेमा प्रवेश

२६ आश्विन २०७८, मंगलवार १६:४६
सुर्खेत । नेकपा माओवादी केन्द्र सुर्खेतका जिल्ला कमिटी सदस्य मोहन सुनार नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीसँगै माओवादी केन्द्रबाट उपत्यका खानेपानी संस्थाको स्किम नं ७ का निर्वाचित सचिव चन्द्रपसाद न्यौपाने, हरिकला चपाई, पवित्रा चपाई, अम्विका आचार्य, भवानी पौडेल, नेपाली कांग्रेसका क्रियाशील सदस्य लक्ष्मीप्रसाद लामिछाने र लक्ष्मीप्रसाद सापकोटालगायतले आजबाट एमाले […]

सम्बन्धित शीर्षक