कर्णाली नदीमा डुंगा दुर्घटना : एक जना बेपत्ता

कर्णालीपत्र संवाददाता २४ आश्विन २०७८, आईतवार १३:५७

सुर्खेत : कर्णाली नदीमा डुंगा दुर्घटना भएको छ ।  पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१० घाट गाउँस्थित कुमालामा आइतबार बिहान ९ बजे डुंगा दुर्घटना भएको प्रहरीले बताएको छ। नदीमा डुंगा दुर्घटना हुँदा १८ वर्षीया अनिता बिक  बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनले भने,‘ दसैँमा घर लिप्ने सेतो (कमेरो) माटो ल्याउनका लागि नदी वारी घाट गाउँबाट डुंगा चढेर पारी (कैलालीको केवरीतर्फ) जाँदै गर्दा पारीतिर दुर्घटना भएको रहेछ । डुंगामा ७ जना सवार थिए । १ जना बाहेक अरु सबै सकुशल छन्।’ उनका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुगुको बस दुर्घटनामा २६ जनाको मृत्यु

२४ आश्विन २०७८, आईतवार १३:५७
काठमाडौं । मुगुमा आज दिउँसो भएको बस दुर्घटनामा २६ जनाको मृत्यु भएको छ । मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस २ सय मिटर तल खसेको थियो । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको हो । हालसम्म २६ जनाको मृत्युको […]