विवादित मन्त्री हमालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

कर्णालीपत्र संवाददाता २४ आश्विन २०७८, आईतवार १३:३७

काठमाडौं । दुई दिनअघि उद्योगमन्त्री बनेका गजेन्द्र हमालले आज विहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् ।प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाइएको भन्दै तीव्र विवाद भएपछि उनले राजीनामा दिएका हुन् । हमालले हिजो बेलुका कांग्रेस महामन्त्री शशांक कोइरालालाई भेटेर आफूले राजीनामा दिने जानकारी गराएका थिए ।

आफ्नो राजनीतिक योगदान हुँदाहुँदै प्रधानन्यायाधीशसँग जोडेर विवाद उब्जाइएको उनले गुनासो गरेका थिए ।

‘सबैतिर परामर्श गर्दा मैले राजीनामा दिनु राम्रो मानेँ,’ हमालले भनेका थिए, ‘म धार्मिक मान्छे हुँ । मेरोबारे भइरहेको टिप्पणीबाट दुखी छु । मेरो राजनीतिक योगदानलाई अलग राखेर हेर्ने काम भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

केपी ओलीलाई कमजोर पार्ने गरी कुनै पदमा दाबी गर्दिनँ

२४ आश्विन २०७८, आईतवार १३:३७
काठमाडौं । नेकपा एमालेका  महासचिव ईश्वर पोखरेलले एमालेको आउँदो महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर पार्ने गरी कुनै गतिविधि नहुने प्रष्ट्याएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विधानले पनि नमिल्ने भन्दै आफू तेस्रोपटक महासचिवको उम्मेदवार नबन्ने बताए । अहिले केपी ओली एकातिर र ओलीविरोधी सबै अर्कोतिर भएर मुलुकको राजनीति दुई […]