भेरी अस्पतालमा संक्रमित युवक र वृद्धको मृत्यु

कर्णालीपत्र संवाददाता १० आश्विन २०७८, आईतवार ११:२६

नेपालगन्ज :  भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमणबाट युवक र वृद्धको मृत्यु भएको छ। जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार २२ वर्षका युवक र ७२ वर्षीय वृद्धको शनिबार राती मृत्यु भएको हो। कोहलपुर नगरपालिका वडा नम्बर ५ बाँकेका २२ वर्षीय युवकको संक्रमणबाट मृत्यु भएको छ।

यही असोज ४ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो। त्यसपछि उनी भोलिपल्ट भेरी अस्पतालमा आएर भर्ना भएका थिए। तर, संक्रमण पुष्टी भएको पाँच दिनमै ती युवकको मृत्यु भएको हो। अस्पतालका अनुसार युवकको शनिबार राती १ बजेर ३० मिनेटमा मृत्यु भएको थियो।

यस्तै बर्दिया, बारबर्दिया नगरपालिका वडा नम्बर ४ का ७२ वर्षीय पुरुषको पनि कोरोनाले ज्यान गएको छ। भेरी अस्पतालमा गत भदौं ३० गते कोरोना पुष्टी भएपछि उनी सोही दिन अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा कुनै सुधार नआएपछि शनिबार राती ९ बजेर ३० मिनेटमा मृत्यु भएको फोकल पर्सन तेज ओलीले जानकारी दिए।

योसँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३४ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ४ सय १८ जनाको मृत्यु भएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशसभामा पहिलोपटक गैरसरकारी विधेयक दर्ता

१० आश्विन २०७८, आईतवार ११:२६
सुर्खेत । कर्णाली प्रदेशसभामा ‘पहिलो गैरसरकारी विधेयक’ को रूपमा ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ दर्ता भएको छ । जुम्ला जिल्लाबाट निर्वाचित प्रदेश सांसद एवम् पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेशसभामा विधेयक दर्ता गराएका हुन् । यो गैरसरकारी विधेयक नेपालको प्रादेशिक संरचनाको अभ्यासका क्रममा पहिलोपटक दर्ता भएको हो […]