वडा कार्यालयमा आगाे लगाएर व्यक्ति फरार, नगरप्रमुखले गुहारे प्रहरी

कर्णालीपत्र संवाददाता ८ आश्विन २०७८, शुक्रबार ११:०१

 वीरेन्द्रनगर :   वीरेन्द्रनगर नगरपालिका-१ नं वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने व्यक्तिलाई कडा कारबाही गर्न नगरप्रमुखले माग गरेका छन् । बुधबार वडा कार्यालय पुगेका एक अज्ञात व्यक्तिले कार्यालयको टेलिफोन प्रयोग गरी वडाध्यक्ष गङ्गाराम सुनारलाई धम्क्याउनाका साथै उनको कार्यकक्षमा आगजनी गरेका थिए ।

आगजनी गरेलगत्तै फरार ती व्यक्तिको खोजी भइरहेकाे प्रहरीले जनाएको छ । नगरप्रमुख देवकुमार सुवेदीले विज्ञप्ति जारी गर्दै प्रत्यक्ष जनतासँग सम्बन्धित कार्यालयमा आगो लगाउने, जनप्रतिनिधि र कर्मचारीको मनोबल गिराउने हर्कत गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी हदैसम्म सजायको माग गरेका हुन् । नगरपालिकाले कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने कार्यलाई गम्भीर अपराध भन्दै विज्ञप्तिमार्फत घटनाको घोर भर्त्सना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा संक्रमित युवक र वृद्धको मृत्यु

८ आश्विन २०७८, शुक्रबार ११:०१
नेपालगन्ज :  भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमणबाट युवक र वृद्धको मृत्यु भएको छ। जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार २२ वर्षका युवक र ७२ वर्षीय वृद्धको शनिबार राती मृत्यु भएको हो। कोहलपुर नगरपालिका वडा नम्बर ५ बाँकेका २२ वर्षीय युवकको संक्रमणबाट मृत्यु भएको छ। यही असोज ४ गते […]

सम्बन्धित शीर्षक