सुर्खेतको सिम्तामा बस दुर्घटना, १२ जना घाइते

कर्णालीपत्र संवाददाता ६ आश्विन २०७८, बुधबार १४:०२

 सुर्खेत : सिम्ता गाउँपालिका–४ बजेडी चौरमा बस दुर्घटनामा परी १२ जना घाइते भएका छन्। सिम्ताको देउली बजारबाट जामुने आउँदै गर्दा बुधबार बिहान करिब साढे १० बजे बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना ७ ख ६०६३ नम्बरको बस ब्रेक फेल भई सडकबाट करिब १५ मिटर तल खसेको छ। बसमा सवार २४ जना यात्रुमध्ये १२ जना घाइते भएको प्रहरी निरीक्षक नन्दराम जैशीले जनाकारी दिए।

प्रहरी निरीक्षक जैशीको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी स्थानीय मेहलकुना अस्पतलामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था सामान्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

४५९ रुपैयाँ लुट्ने ३८ वर्षपछि पक्राउ

६ आश्विन २०७८, बुधबार १४:०२
कञ्चनपुर :  चार दशकअघि चार सय ५९ रुपैयाँ लुट्ने गिरोहका एक मुख्य नाइके पक्राउ परेका छन्। बेलौरीको मदिरा कम्पनी लारा डिस्ट्रिलरीबाट अन्तःशुल्कबापतको चार सय ५९ रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न लगिएको रकम लुटने जंगे भनिने जगतबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ। सरकारलाई तिर्नुपर्ने राजस्व रकम लुट्ने बेलौरी नगरपालिका– २ लक्ष्मीपुरका बुढाथोकीलाई […]