विप्लव नेतृत्वको नेकपाको केन्द्रीय बैठक

कर्णालीपत्र संवाददाता १ आश्विन २०७८, शुक्रबार १४:०१

दमौली – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको बन्दीपुरमा सुरु भएको छ। नेकपाको ११औँ केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक होटलमा सुरु भएको हो।

बैठकमा सहभागी हुन सो पार्टीका महासचिव विप्लव बिहीबार नै बन्दीपुर आइपुगेका थिए। बैठक यही असोज ५ गतेसम्म सञ्चालन हुने नेकपाका जिल्ला सचिव एटमले जानकारी दिए। बैठकका लागि रिसोर्टको हल र सुत्नका लागि कोठा प्रयोग गरिए पनि बैठकमा सहभागी सदस्यका लागि खाना आफैले मेस चलाउने उनले बताए। बैठक हल होटल सञ्चालकले निःशुल्क उपलब्ध गराएको बताइएको छ।

बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी हुनेछन्। सो होटलमा केन्द्रीय सदस्यसहित नेताको सुरक्षाका लागि पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवा गरी १५० जना बसेका छन्। बैठक कक्षमा पत्रकारलाई प्रवेश नदिइने र बैठक अवधिभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारसँग कुरा गर्न नपाइने व्यवस्था गरिएको एटमले जानकारी दिए।

बैठक सकिएपछि बन्दीपुरमा पार्टीका तर्फबाट नै पत्रकार सम्मेलन गरिने भएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलोपटक केन्द्रीय समिति बैठक गर्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डा. केसीको अगुवाईमा संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन (तस्बिरसहित)

१ आश्विन २०७८, शुक्रबार १४:०१
काठमाडौँ – अमेरिका पुगेका डा. गोविन्द केसीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन भएको छ । स्थानीय समय अनुसार सोमबार दिउँसो डा. केसीको अगुवाईमा प्रदर्शन भएको हो । विश्व शान्ति दिवसका अवसरमा विश्वमा चलेको द्वन्द्व र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिँदै शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउने उद्देश्यसहित उनको […]