माधव नेपाल ‘होम सिक’ भएर फर्किनुहुन्छ : योगेश भट्टराई

कर्णालीपत्र संवाददाता १ आश्विन २०७८, शुक्रबार १३:०५

पोखरा- नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी विभाजन गर्नेहरु एमालेमै फर्किने दाबी गर्नुभएको छ ।

पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उहाँले अहिले पनि विभाजनमा लागेकाहरुको मनमा एमाले नै रहेकोले मुल पार्टीमा फर्किने दाबी गर्नुभयो । ‘जो विभाजन लाग्नुभयो, उहाँहरुमा टिप्पणी छैन । धेरै नेता कार्यकर्ताको मनमा एमाले नै छ । अब माधव कमरेडले सपना देख्दा पनि एमाले नै देख्नुहुन्छ । उहाँलाई होम सिक जस्तै एमालेसिक हुन्छ । उहाँ यतै आउनुहुन्छ,’ भट्टराईले भन्नुभयो, ‘उहाँ एमालेमा फर्किनुको विकल्प छैन । असफल प्रयत्नतिर नजाऔं । त्यसले कुनै शक्ति आर्जन गर्न सक्दैन, कम्युनिस्ट आन्दोलनलाई विभाजन गर्ने बाहेक कुनै काम छैन ।’

पार्टी पंक्ति र नेताहरुको सुझबुझका कारण विभाजनको असर खासै नपरेको उहाँको भनाइ छ । ‘जे कोसिस गर्‍यौं । यसले विभाजनको असर निकै कम भयो । जति तल गयो, विभाजनको असर उति कम भयो,’ उहाँले भन्नुभयो, ‘पार्टी विभाजन गर्नु हुन्न भन्ने एकताको पक्षधर साथीहरु एकजुट हुनुभयो । अझै अत्यन्त मेहनत गर्छौं । जहाँ घाटा लागेको छ, त्यसको पूर्ति गर्नुपर्छ ।’

कांग्रेस र माओवादीका कार्यकर्ता तानेर एमालेको क्षति पूर्ण गर्ने उनको भनाइ छ । ‘माओवादीका तल्लो तह निराश छन् । हामीले उनीहरुलाई एमालेमा आउन अपिल गरौं,’ उहाँले भन्नुभयो, ‘कांग्रेसका साथीहरुलाई पनि भनौं । हिजो भोट नहालेकाहरुलाई पनि एमालेमा आकर्षित गरौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय बैठक

१ आश्विन २०७८, शुक्रबार १३:०५
दमौली – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको बन्दीपुरमा सुरु भएको छ। नेकपाको ११औँ केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक होटलमा सुरु भएको हो। बैठकमा सहभागी हुन सो पार्टीका महासचिव विप्लव बिहीबार नै बन्दीपुर आइपुगेका थिए। बैठक यही असोज ५ गतेसम्म सञ्चालन हुने नेकपाका […]