सुदूरपश्चिमका १० एमाले सांसदको सनाखत एकीकृत समाजवादी पक्षमा

कर्णालीपत्र संवाददाता १५ भाद्र २०७८, मंगलवार १८:४०

 

धनगढी : सुदूरपश्चिम प्रदेशका १० सांसदले नेकपा एमाले छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरूले पार्टी विभाजनसँगै मंगलबार औपचारिक रूपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) रोज्दै सनाखत गरेका हुन्।

विगतमा नेपाल समूहमा रहेका १७ जनामध्ये १० जनाले नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन्।

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी, मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, कुलविर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशीला बुढाथोकीले माधव नेपालको नयाँ पार्टीको पक्षमा सनाखत गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा एसको दर्ता बदर गर्न मागसहित ओली सर्वोच्चमा

१५ भाद्र २०७८, मंगलवार १८:४०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एसको दर्ता प्रक्रिया नै गैरकानूनी भएको भन्दै सबै प्रक्रिया बदर गर्ने मागसहित सर्वोच्च अदालत गएका छन् । अध्यक्ष ओलीको तर्फबाट सुमित्रा पाण्डले बुधबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा एमालेबाट निष्कासनमा परिसकेका १४ जना सांसद र ९ जना केन्द्रीय सदस्यलाई सनाखत गराएर […]