दैलेखका स्थानीय तहमा ४६ करोड बेरुजु

कर्णालीपत्र संवाददाता १४ भाद्र २०७८, सोमबार १४:०४

दैलेख :  दैलेखका ११ स्थानीय तहमा ४६ करोड बेरुजु देखिएको छ। यो आर्थिक वर्षमा महालेखाले सार्वजनिक गरेको तथ्यांकमा ४ नगरपालिका र ७ गाउँपालिकामा यति धेरै बेरुजु देखाएको हो।

सबैभन्दा बढी ठाटीकाँध गाउँपालिकामा १० करोड १३ लाख २५ हजार बेरुजु निस्किएको छ। दुल्लु नगरपालिकामा ४ करोड ४० लाख ७० हजार, नारायण नगरपालिकामा ४ करोड २७ लाख ३ हजार, नौमुले गाउँपालिकामा ३ करोड ४६ लाख १६ हजार, महावु गाउँपालिकामा ३ करोड २६ लाख ८५ हजार, भैरवी गापामा ३ करोड ९५ लाख २२ हजार, भगवतीमाई गाउँपालिकामा १ करोड ८३ लाख १७ हजार, गुराँस गाउँपालिकामा ५ करोड, ४४ लाख १९ हजार, आठबिस नगरपालिकामा २ करोड ६८ लाख ६७ हजार, चामुण्डाबिन्द्रासैनी नगरपालिकामा २ करोड ६८ लाख ६३ हजार तथा डुंगेश्वर गाउँपालिकामा २ करोड, ९१ लाख, ९३ हजार बेरुजु देखिएको छ।

११ पालिकाका लागि १ अर्ब २५ करोड ७३ लाख ३८ हजार रूपैयाँको लेखापरीक्षण गरिएको थियो। लेखापरीक्षणमा जनप्रतिनिधिले आफन्तलाई नियमविपरीत तलबभत्ता खुवाएको तथा योजनामा रीत नपुगेको विषय बेरुजुमा देखाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन्त्रीमाथि बलात्कार आरोप: बर्खास्त गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय घेराउ

१४ भाद्र २०७८, सोमबार १४:०४
      सुर्खेत:   बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र राष्ट्रिय युवा संघले मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन्। र्‍यालीसहित मुख्यमन्त्री कार्यालय पुगेका एमाले निकट युवा र विद्यार्थीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर ज्ञापनपत्र […]

सम्बन्धित शीर्षक