काबुल विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९० पुग्यो, तालिबानका सदस्यहरू नमारिएको मुजाहिदको दाबी

कर्णालीपत्र संवाददाता ११ भाद्र २०७८, शुक्रबार १३:४३

काठमाडौँ —   अफगानिस्तानको काबुल विमानस्थलबाहिर भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ९० पुगेको छ । उक्त घटनामा परी १५० जना घाइते भएका छन् ।

बीबीसीका अनुसार सो घटनामा १३ अमेरिकी सैनिकको मृत्यु भएको छ ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले उक्त घटनामा तालिबानलाई कुनै क्षती नभएको बताएका छन् । बीबीसीका अनुसार मुजाहिदले भनेका छन्- यो घटना त्यो स्थानमा भएको छ, जहाँ अमेरिकी सैनिकको नियन्त्रण छ ।

यसअघि उक्त विस्फोटमा परी कम्तीमा २८ तालिबान सदस्यको मृत्यु भएको समाचार आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस केन्द्रीय निर्वाचन समितिले खटायो ३८ वटै जिल्लामा मतदान अधिकृत (सूचीसहित)

११ भाद्र २०७८, शुक्रबार १३:४३
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले ३८ वटै जिल्लामा मतदान अधिकृत खटाएको छ । क्रियाशील सदस्य (नयाँ र नवीकरण) को नामावली सार्वजनिक गरेसँगै समितिले मतदान अधिकृत खटाएको हो । केन्द्रीय निर्वाचन समितिले आगामी भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशन समेतको निर्वाचन गर्न ३८ जिल्लामा प्रतिनिधि खटाएको हो […]