मन्त्री शाहीकाे प्रश्नः राजीनामा दिनलाई के अपराध गरेको छु?

कर्णालीपत्र संवाददाता ८ भाद्र २०७८, मंगलवार १५:४०

बलात्कारको भिडियो बाहिरिएपछि काठमाडौंबाट सोमबार सुर्खेत आइपुगेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले सार्वजनिक भएका समाचारका विषयमा आफूले अध्ययन गर्न नपाएको बताएका छन्। उनले समाचारको विषयबस्तु र आएका प्रतिक्रियाका बारेमा आफूसँग प्रश्न गर्न भने।

आजको नागरिक दैनिकमा प्रकाशित समाचार अनुसार   ‘तपाईलाई राजीनामा चाहिएको हो भने भन्नुहोस्, अहिलेनै दिन तयार छु,’ भिडियोका बारेमा नागरिकले सोधेको प्रश्नमा मन्त्री शाहीले भने, ‘प्रतिक्रिया हेर्नुहोस् अनि प्रश्न गर्नुहोस्।’ उनले पत्रिकाले समाचार लेख्दैमा ‘केही नहुने’ प्रतिक्रिया दिए। ‘समाचार लेख्ने वित्तिकै सारा संसार तपाईहरुनै हो?,’ उनले भने, ‘म पनि चार वर्ष पत्रकारिता गरेर आएको व्यक्ति हुँ।’

मन्त्री शाहीले तत्काल आफूले राजीनामा नदिने बताए। नागरिकसँग प्रतिक्रिया दिन नमानेका शाहीले नेपालीरैवारसँग कुरा गर्दै आफूले कुनै गम्भीर अपराध नगरेको र बजार हल्ला तथ्यहिन भएको दावी गरेका थिए। ‘आजै राजीनामा दिनलाई के अपराध गरेको छु?,’ मन्त्री शाहीले प्रश्न गर्दै भने, ‘आरोप लगाउनेलेनै अफवाह फैलाएको भनिराख्नु भएको छ, म कसरी अपराधी भए?’

मन्त्री शाहीले आफूमाथि लागेको आरोप गलत भएको दावी गरेपनि उनका प्रेस सल्लाहकार नन्दकृष्ण अधिकारीले घटना सत्य भएको बताएका छन्। ‘तत्कालीन अवस्थामा मन्त्रीन्यू माननीय हुँदा महिला अविवाहित थिइन्, घटना त्यतिबेला भएको हो,’ उनले नागरिकसँगको कुराकानीमा भनेका छन्, ‘बार्गेनिङ नमिलेपछि अहिले बाहिर आएको हो।’

महासंघको विरोध

मन्त्रीमाथि बलात्कारको समाचार सार्वजनिक भएपछि नागरिककर्मी नगेन्द्र उपाध्याय र अन्नपूर्ण पोष्टका संवाददाता विष्णु न्यौपानेमाथि मन्त्री शाहीको सचिवालय र उनी निकटबाट निरन्तर धम्की आउन थालेको छ। मन्त्रीका स्वीकय सचिव प्रेम बुढा र प्रेस सल्लाहकार नन्दकेश अधिकारीले सार्वजनिक स्थलमै घाँटी छिनाल्ने धम्की दिएका हुन्।

पत्रकार महासंघले मन्त्रीका सचिवालयकै कर्मचारीबाट पत्रकारमाथि आक्रमणको धम्की आउनु गम्भीर भएको बताएको छ।

जिल्ला शाखा, प्रदेश र संघले निकालेको विज्ञप्तिमा सञ्चार माध्यममा प्रकाशित समाचारमा असहमति भए वा चित्त नबुझे कानुनी उपचार खोज्ने बाटाहरु हुँदाहुँदै आफ्नो पेशाप्रति कर्तव्यनिष्ट पत्रकारहरुमाथि मन्त्रीका सचिवालयकै कर्मचारीबाट दिइएको धम्कीले दुःखी तुल्याएको उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुलमानबिरुद्धको मुद्दामा सक्कल कागजपत्र पेश गर्न सरकारलाई आदेश

८ भाद्र २०७८, मंगलवार १५:४०
काठमाडौँ- सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई हटाएर कुलमान घिसिङलाई ल्याउने निर्णयमा सक्कली कागजपत्र तीन दिनभित्र पेश गर्न सरकारका नाममा आदेश दिएको छ। सर्वोच्चका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले गत वर्ष माघ २६ गते शाक्यलाई ‍प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय, गत साउन २५ गते उनलाई जल तथा […]