भाजपा नेता चौथाइवालेको दौडधुप : देउवालाई भेटेपछि ओलीकहाँ पुगे

कर्णालीपत्र संवाददाता ७ भाद्र २०७८, सोमबार १३:२७

  

काठमाडौं : भारतीय जनता पार्टी (भाजपा) का नेता तथा विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

चौथाइवालेले ओलीसँग आज (सोमबार) भेटवार्ता गरेका हुन्।

ओलीसँग भेटेपछि उनले ट्वीटरमा लेखेका छन्, ‘नेपालका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता ओलीजी आज बिहान काठमाडौं। हामीले नेपाल-भारत सम्बन्धलाई अझ अघि बढाउन सकारात्मक छलफल गर्‍यौँ।’

भारतबाट आइतबार नै काठमाडौं आइपुगेका चौथाइवाले हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए।

चौथाइवालेले भेटमा प्रधानमन्त्री देउवालाई कार्यकालको सफलताको शुभकामना दिएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएका थिए। दुवैबीच भेटमा नेपाल-भारतको हित र अन्तरपार्टी सम्बन्धबारे समेत कुराकानी भएको थियो।

यसअघि चौथाइवालेले गत डिसेम्बरमा नेपाल भ्रमण गरेका थिए। नेपालले कालापानीलगायत भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि उनी नेपाल आएका थिए।

चौथाइवालेले डिसेम्बरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित अर्थमन्त्रीलाई पनि भेटेका थिए। उनको भ्रमण आन्तरिक किचलोमा फसेको सत्तारुढ दल नेकपाका दुवै पक्षसँग भाजपाको निकट सम्बन्ध कायम गर्नमा केन्द्रित भएको बताइएको थियो।

चिनियाँ रक्षामन्त्री वेइ फेङ्‌हेले नेपाल भ्रमण लगत्तै चौथाइवाले पनि यहाँ आएका थिए। त्यतिखेरको सत्तारुढ दल नेकपाको विवाद समाधान गरी पार्टीको एकता कायम राख्ने उद्देश्यले चिनियाँ रक्षामन्त्री त्यतिखेर काठमाडौं आएका थिए।

संसदमा विश्वासको मत पाएपछि मात्र देउवालाई भारतीय प्रधानमन्त्री मोदीले बधाई दिएका थिए। परम्परा रहेजस्तो प्रधानमन्त्री देउवालाई भ्रमण निम्तो भारतले अहिलेसम्म दिएको छैन।

भाजपाका अर्का एकजना वरिष्ठ नेता डा. दिनेश उपाध्याय र अन्य शीर्ष तहका नेताहरू पनि केही दिनयता काठमाडौंमै छन्‌।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मलाई जिम्मा दिए ओलीनेपाल मिलाउँछु : गौतम

७ भाद्र २०७८, सोमबार १३:२७
 काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) सँग कुनै पनि हालतमा एकता गर्न नहुने बताएका छन्। नेता गौतमले प्राइम टेलिभिजनमा ऋषि धमलासँगको अन्तरवार्तामा एमालेले माओवादीसँग एकता गर्न नहुने तर्क राखेका हुन्। उनले माओवादी केन्द्रसँग १७ हजार जनताको रगतमा टेकेर बनेको ऐतिहासिक पृष्ठभूमि रहेको र एमाले संसदीय संघर्षको पृष्ठभूमिबाट बनेको […]

सम्बन्धित शीर्षक