महालेखाको ५८ औं प्रतिवेदन सार्वजनिक, ४ खर्ब १८ अर्ब बेरुजु

कर्णालीपत्र संवाददाता ४ भाद्र २०७८, शुक्रबार १७:३२

    काठमाडौं : महालेखापरीक्षकको कार्यालयले ५८ औं प्रतिवेदन सार्वजनिक गरेको छ।

महालेखाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको ५८ औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ को अन्तिम लेखापरीक्षणमा चार खर्ब १८ अर्ब रूपैयाँ बेरुजु देखिएको छ।

उक्त आर्थिक वर्षमा आवधिक गरी टुंगो  गाउनुपर्ने रकम ६ खर्ब ६४ अर्ब भए पनि त्यसमा ११ अर्ब ४१ करोड थप गरी ६ खर्ब ७६ अर्ब ४१ करोड रहेको प्रतिवेदनमा उल्लेख छ।

संघ, प्रदेश र स्थानीय तह गरी कुल ५३ खर्ब २७ अर्ब रूपैयाँ बराबरको लेखापरीक्षण गरिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.

Next Post

माओवादीले तोक्यो प्रदेश इन्चार्ज

४ भाद्र २०७८, शुक्रबार १७:३२
काठमाडौँ – नेकपा माओवादी केन्द्रले प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो। बैठकले पार्टीका विभागहरुको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम […]