२४ घण्टामा थपिए २ हजार ७९ मा कोरोना संक्रमित

कर्णालीपत्र संवाददाता ४ भाद्र २०७८, शुक्रबार १७:१६

काठमाडौँ — पछिल्लो २४ घण्टामा २ हजार ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५३० पीसीआर परीक्षणमा शुक्रबार थप २ हजार ७९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ७ हजार १२४ परीक्षणबाट ९६३ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १७ हजार ६५४ परीक्षणमा ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ४४ हजार ३०७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महालेखाको ५८ औं प्रतिवेदन सार्वजनिक, ४ खर्ब १८ अर्ब बेरुजु

४ भाद्र २०७८, शुक्रबार १७:१६
    काठमाडौं : महालेखापरीक्षकको कार्यालयले ५८ औं प्रतिवेदन सार्वजनिक गरेको छ। महालेखाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको ५८ औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ को अन्तिम लेखापरीक्षणमा चार खर्ब १८ अर्ब रूपैयाँ बेरुजु देखिएको छ। उक्त आर्थिक वर्षमा आवधिक गरी टुंगो  गाउनुपर्ने रकम ६ खर्ब ६४ अर्ब भए पनि […]