माधव समुहको पार्टी दर्ता नभएपछि मन्त्री मण्डल बिस्तारमा ढिलाइ

कर्णालीपत्र संवाददाता ४ भाद्र २०७८, शुक्रबार १७:०१

काठमाडौं । एमालेबाट विद्रोह गरेका माधवकुमार नेपालले निर्वाचन आयोगबाट ८ गतेअघि नयाँ दलको प्रमाणपत्र नपाउने भएका छन् । शुक्रबार दर्ता सनाखत नटुंगिएपछि त्यो ८ गतेअघि नटुंगिने भएको छ ।

लगातार सार्वजनिक बिदा परेकाले ८ गतेअघि त्यो टुंगिने अवस्था नभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । भोलि शनिबार हो । ६ गते रक्षा बन्धन र ७ गते गाईजात्रा परेकाले ती दुई दिन पनि निर्वाचन आयोग बन्द हुनेछ ।

यसअघि दर्ता कायम रहेका दलको नाम र चुनाव चिह्नसँग मेल खाने अर्को दल दर्ता गर्न कानूनले नमिल्ने भन्दै अर्को नाम लिएर आउन भनेपछि माधव नेपालको तर्फबाट राजेन्द्र पाण्डेले आज नयाँ नामसहितको निवेदन निर्वाचन आयोगमा दर्ता गरएका छन् ।

नयाँ नाम नेकपा (एकीकृत समाजवादी) प्रस्ताव गरिएको र चुनाव चिन्ह भने टुंगो लाग्न बाँकी रहेको पाण्डेको भनाइ छ। माधव नेपालको नयाँ दल दर्ता नभएकै कारण मन्त्रिपरिषद विस्तार हुन सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले कर्णालीले पार्टी फुटाउने अध्यादेशको प्रतिकार गर्ने

४ भाद्र २०७८, शुक्रबार १७:०१
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले दल विभाजन गराउनका लागि ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको सशक्त प्रतिकार गर्ने निर्णय गरेको छ । भदौ तीन गतेदेखि बसेको प्रदेश कमिटी बैठकले तत्काल भूमि आयोग पुनर्गठन गर्न पनि माग गरेको एमाले अध्यक्ष गोरख बोगटीले जानकारी दिए । ‘गठबन्धन सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी […]