माधव नेपालले किताव चिन्ह नपाउने !

कर्णालीपत्र संवाददाता ३ भाद्र २०७८, बिहीबार १४:५४

     काठमाडौं । नवगठित नेकपा (एमाले-समाजवादी) ले पार्टीको चुनाव चिन्ह नपाउने भएपछि अध्यक्ष माधवकुमार नेपालले नयाँ चिन्हको खोजी शुरू गरेका छन् ।

हिजो दर्ताको निवदेन दिँदा एमाले समाजवादीले खुल्ला किता चुनाव चिन्ह प्रस्ताव गरेको थियो। तर, आयोगमा पुगिसकेपछि उक्त चिन्ह अर्कै पार्टीको नाममा दर्ता भइसकेको खुलेको थियो । उन्नत लोकतान्त्रिक पार्टीको नाममा खुल्ला किताब रहेको पाइएको हो ।

खुल्ला किताब चिन्ह नहुने भएपछि माधव नेपालको नजर कलम चिन्हमा परेको छ । यो चिन्ह पनि यसअघि नै आयोगमा दर्ता भइसकेको छ । माधव नेपालनिकट युवा जीवन राइले कलम चिन्ह भएको नेकपा (एकीकृत) दर्ता केही समय अगाडि गराएका थिए ।

यसअघि राष्ट्रियसभा निर्वाचनमा खिमलाल देवकोटाले पनि कलम चिन्हबाटै चुनाव जितिसकेको र राईसँग वार्ता गरेर चुनाव चिन्ह लिन सहज हुने भएकाले नेता नेपालले कमल चिन्ह प्रयोग

गर्ने सोच बनाएको एक नेताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संघले एक्जिम कोडबारे अभिमूखिकरण गर्ने

३ भाद्र २०७८, बिहीबार १४:५४
सुर्खेत : सामान आयात गर्दा आवश्यक पर्ने एक्जिम कोड लगायतका आवश्यक प्रक्रियाबारे सुर्खेत उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई एकदिने अभिमूखिकरण कार्यक्रम गर्ने भएको छ । संघका महासचिव लक्षमण कंडेलका अनुसार सरकारले सामान आयात गर्दा लागू गरेको एक्जिम कोड लगायतका विषयमा जानकारी गराउने उदेश्यले उक्त अभिमुकरण कार्यक्रम राखिएको हो । महासचिव […]