तीन हजार ४५१ संक्रमित थपिए, ३५ जनाको मृत्यु

कर्णालीपत्र संवाददाता ३२ श्रावण २०७८, सोमबार १८:५५

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ४५१ जनामा कोरोना संक्रमण देखिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६११ नमुना परीक्षण गर्दा तीन हजार ४५१ जनामा संक्रमण पुष्टि भएको हो।

१० हजार ९३ जनाको आरटी पीसीआर र ५ हजार ५१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआरबाट दुई हजार ५६६ र एन्टिजेनबाट ८८५ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा नेपालमा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेमा अध्यादेश तरंग, बालकोटमा शीर्ष नेताहरु

३२ श्रावण २०७८, सोमबार १८:५५
काठमाडौं– सरकारले संसद अधिवेशन अन्त्य गर्दै दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने तयारी गरेपछि एमालेले आन्तरिक रणनीति बनाउन सुरु गरेको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा स्थायी कमिटी सदस्यहरु भेला हुनुभएको छ । बालकोट स्रोतका अनुसार बालकोटमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मालगायतका […]