कुलमान घिसिङलाई प्राधिकरणमा ल्याउने निर्णयविरुद्ध शाक्य सर्वोच्चमा

कर्णालीपत्र संवाददाता ३२ श्रावण २०७८, सोमबार १८:५२

काठमाडौँ – हितेन्द्रदेव शाक्यले आफूलाई नेपाल विद्युत् प्राधिकरणमा पुनःबहालीको माग गर्दैै सर्वोच्चमा रिट निवेदन दिएका छन्।

शाक्यले आफूलाई हटाएर कुलमान घिसिङलाई प्राधिकरणमा लैजाने निर्णय खारेज गर्न माग गर्दै सोमबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

शाक्यले आफ्ने सहमति बेगर ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गैरकानुनी भएको जिकिर गरेका छन्।

सरकारले साउन २५ गते शाक्यलाई उर्जा आयोगको विज्ञमा रुपमा सरुवा गरेर घिसिङलाई प्राधिरणमा नियुक्त गरेको थियो।

शाक्यले रिट निवेदनमा भनेका छन्, ‘…मेरो पुर्व सहमती वेगर मलाई विपक्षी जल तथा उर्जा आयोगको विज्ञ सदस्य पदमा सरुवा र नियुक्त गर्ने मिति २०७८/४/२५ को नेपालसरकार मन्त्रि परिषदको निर्णय, मेरो पदस्थापना कायमनै रहेको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा विपक्षी कुलमान घिसिङलाई दोहोरो नियुक्ति दिने नेपाल सरकार मन्त्री परिषदको निर्णय र निजलाई नियुक्ती दिने लगायत विपक्षीहरुवाट भए गरेको सबै काम कारवाही तथा पत्राचार समेत नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषणको आदेशले बदर गरी पाउ र मलाई साविक बमोजिमको पदमा यथावत रुपमा काममा लगाउनु सो काममा पुर्ण सहयोग गर्नु भनी विपक्षीहरुको नाममा परमादेश लगायत जो चाहिने आदेश जारी गरी पाऊ।’

यसअघि शाक्यले आफूलाई सम्मानजनक स्थान दिए प्राधिकरण छाड्ने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीन हजार ४५१ संक्रमित थपिए, ३५ जनाको मृत्यु

३२ श्रावण २०७८, सोमबार १८:५२
काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ४५१ जनामा कोरोना संक्रमण देखिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६११ नमुना परीक्षण गर्दा तीन हजार ४५१ जनामा संक्रमण पुष्टि भएको हो। १० हजार ९३ जनाको आरटी पीसीआर र ५ हजार ५१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआरबाट दुई हजार ५६६ […]

सम्बन्धित शीर्षक