जसपा विवादमा रेशम चौधरी तटस्थ

कर्णालीपत्र संवाददाता ११ श्रावण २०७८, सोमबार १५:३३

काठमाडौँ – जनता समाजवादी पार्टी जसपाको विवादमा रेशम चौधरी तटस्थ बसेका छन्। सनाखतका लागि निर्वाचन आयोग पुगेका केन्द्रीय कार्यकारिणी परिषदका सदस्य चौधरीले तटस्थ बस्ने निर्णय लिएका हुन्।

आयोगको कार्यालय पुग्नासाथ जसपाका दुवै समूहले रेशमलाई आफ्नो पक्षमा मतदान गर्न तानातान गरेका थिए। तर उनले कतै पनि मतदान नगरी तटस्थ बस्ने निर्णय लिएका हुन्।

योसँगै जसपा विवादमा उपेन्द्र समूहसँग ३४ र महन्थ समूहमा १६ मत परेको छ।

रेशमलाई डिल्लीबजार कारागारबाट सनाखतका लागि सोमबार दिउँसो निर्वाचन आयोगको कार्यालयमा लगिएको थियो। उनलाई कडा सुरक्षाकाबीच आयोगको कार्यालय लगिएको हो।

निर्वाचन आयोगका पदाधिकारीहरु सनाखतका लागि कारागारमै पुगे पनि रेशमले जेलबाट सनाखत गर्न अस्वीकार गरेका थिए। त्यसपछि गृहमन्त्रालयको समन्वयमा उनलाई आयोगको कार्यालयमै लैजाने व्यवस्था मिलाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले एकता १० दिनमा टुंगिन्छ - ज्ञवाली

११ श्रावण २०७८, सोमबार १५:३३
रुपन्देही । पूर्वमन्त्री तथा नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एक साताभित्रै पार्टी एकताको टुंगो लागिसक्ने बताएका छन् । सोमबार पाल्पामा पार्टी अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेता ज्ञवालीले कार्यदलले तयार पारेको १० बुँदे आधारमा रहेर एकता अघि बढ्ने बताए । ‘माधव कमरेडलगायतका साथीहरू तत्काल नआए पार्टी एकताको ढोका खुला राख्दै अघि […]