एमालेलाई एकतापूर्वको अवस्थामा फर्काउन ओली सहमत, विद्रोही सांसदले सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने

कर्णालीपत्र संवाददाता २४ जेष्ठ २०७८, सोमबार ०७:४७

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीलाई माओवादी केन्द्रसँग एकता अघिको अवस्थामा फर्काउन सहमत भएका छन्।

प्रधानमन्त्री ओलीले आइतबार पार्टी एकताको लागि आह्वान गर्दै २०७५ जेठ ३ गतेपूर्वको अवस्थामा जान तयार भएको बताएका छन्।

ओलीले पार्टी विभाजनको संघारमा पुगेका बेला एकताका लागि विद्रोही पक्षलाई आह्वान गरेका छन्। ओलीले केहीबेर अगाडि आइतबार बेलुकी सार्वजनिक गरेको ६ बुँदे एकता प्रस्तावमा भनिएको छ, ‘आफ्ना पार्टीका अध्यक्षलाई प्रधानमन्त्रीको पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वाेच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर फिर्ता हुनेछ। उनले थप भनेका छन्, ‘यसबीचमा विभिन्न कमरेडहरूबाट भएका गल्ती तथा कमीकमजोरीलाई लिएर कुनै कारबाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन।’

उनले भनेका छन्, ‘नेकपा एमालेलाई २०७५ जेठ ३ गतेपूर्वको अवस्थाबाट अगाडि बढाइनेछ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु गतिशील हुनेछन्।’

पार्टी कमिटी र जनसंगठनहरु पनि २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशिल हुने ओलीको भनाइ छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षक