समानान्तर कमिटी बनाएको आरोपमा सुर्खेत एमाले सचिव पदमुक्त

कर्णालीपत्र संवाददाता २३ जेष्ठ २०७८, आईतवार १९:०६

सुर्खेत । नेकपा एमालेले सुर्खेतले जिल्ला कमिटी सचिव मोहनसिंह बडुवाललाई पदमुक्त गरेको छ ।

माधव पक्षका नेता बडुवालको अध्यक्षतामा सुर्खेतमा समानान्तर कमिटी गठन गरिएको थियो । जिल्ला कमिटिको आजको बैठकले एमालेका उनलाई पदमुक्त गर्ने निर्णय गरेको अध्यक्ष ध्रुवकुमार शाहीले बताए ।

शाहीका अनुसार सरकार र पार्टीविरुद्ध विपक्षी गठबन्धनमा सहभागी भई विज्ञप्ति जारी गर्ने, आन्दोलनको आव्हान गर्ने र आफ्नो नेतृत्वमा एमाले जिल्ला कमिटी घोषणा गरी पार्टी विधानविपरीत गतिविधि गरेकोले उनलाई पदमुक्त गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेलाई एकतापूर्वको अवस्थामा फर्काउन ओली सहमत, विद्रोही सांसदले सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने

२३ जेष्ठ २०७८, आईतवार १९:०६
काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीलाई माओवादी केन्द्रसँग एकता अघिको अवस्थामा फर्काउन सहमत भएका छन्। प्रधानमन्त्री ओलीले आइतबार पार्टी एकताको लागि आह्वान गर्दै २०७५ जेठ ३ गतेपूर्वको अवस्थामा जान तयार भएको बताएका छन्। ओलीले पार्टी विभाजनको संघारमा पुगेका बेला एकताका लागि विद्रोही पक्षलाई आह्वान गरेका छन्। […]