मानव सेवा आश्रमलाई अमेरिकामा बस्ने नेपालीको सहयोग

कर्णालीपत्र संवाददाता २३ जेष्ठ २०७८, आईतवार १८:४८

सुर्खेतः कणर्ाली प्रदेशको राजधानी सुर्खेतमा संचालित मानव सेवा आश्रमका लागी अमेरिकामा बस्ने नेपालीहरुले करिब ४० हजार बराबरको खाद्यान्न सहयोग गरेका छन ।
सुर्खेतस्थित लायन्स क्लब अफ सुर्खेत गढीको समन्वयमा अमेरिकामा रहेका बेस्र्टन हाडफोर्ड लुम्बिनी लायन्स क्लब र हार्डफोर्ड काउन्टी एभरेष्ट सेन्टियल लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरुले मानव सेवा आश्रमलाई उक्त रकम बराबरको खाद्यान्न तथा दैनिक उपभोग्य सामाग्री सहयोग गरेका हुन ।
अमेरिकामा रहेका ती दुई क्लबका अध्यक्षद्वय माधव आत्रेय र नरेन्द्र पन्त तथा चार्टर्ड प्रेसिडेन्ट कृष्ण कंडेलको संक्रियतामा संकलित रकमबाट चामल, दाल तेल लगायतका खाद्यान्न सामाग्री आश्रमलाई उपलब्ध गराइएको समन्वय संस्था लायन्स क्लब अफ सुर्खेत गढीका अध्यक्ष लक्ष्मण कंडेलले जानकारी दिए।

आश्रमलाई सामाग्री हस्तान्त्रण कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले आश्रमले गरेको पुण्य काममा अमेरिकामा बस्ने नेपालीको सहयोगले थोरै भएपनि राहत पुग्ने बताए ।
त्यस्तै डिस्ट्रिक ३२५ जोन चेयर पर्सन टिकाराम चपाईले आश्रमले मानव सेवामा पुर्‍याएको योगदानको प्रसंशा गर्दे खाद्यान्न लगायतका सामाग्रीले थप सहजता हुने विश्वास व्यक्त गरे ।

आश्रम संचालक सृजना मानवसेवाले सहयोगी दाताहरुबाट संचालन भएको आश्रमलाई सहयोग पुर्‍याएकोमा सहयोगी संस्थाप्रति आभार प्रकट गरिन । सहयोगापेक्षी सडक मानव मुक्त गर्ने उदेश्यले संचालित सो मानव सेवा आश्रममा हाल ९० जनाले आश्रय लिएका छन ।

अमेरिकाका दुई क्लबबाट प्राप्त एक हजार डलर रकम सहयोग मध्ये यसअघि प्रदेश आयुबैद अस्पतालमा संचालित अमृत भोजनकाका लागी ६३ हजार बराबरको खाद्यान्न सहयोग उपलब्ध गराइएको संस्थाका अध्यक्ष कंडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश सांसद थापालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

२३ जेष्ठ २०७८, आईतवार १८:४८
काठमाडौँ- सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद कृष्णा थापालाई पदमुक्त नगर्न अन्तरिम आदेश जारी गरेको छ। जनमोर्चा सांसद थापा पार्टीको कारबाहीका कारण प्रदेश सांसदबाट मुक्त भएपछि यसबिरुद्ध सर्वोच्चमा रिट परेको थियो। सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले आइतबार थापालाई पदमुक्त नगर्न अन्तरिम आदेश जारी गरेको हो।