कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले लिए सपथ

कर्णालीपत्र संवाददाता २३ जेष्ठ २०७८, आईतवार १८:११

 

सुर्खेत :     कर्णाली प्रदेशका नवनियुक्त दुईजना मन्त्रीले  सपथ लिएका छन्। कांग्रेसका तर्फबाट सरकारमा सहभागी भएका दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बिसीले मन्त्री पदको सपथ लिएका हुन्।

उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सपद गराए। मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा श्रेष्ठले जलस्रोत तथा उर्जा विकास मन्त्रालय र बिसीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो भने  एमाले माधव नेपाल पक्षका चार जनाले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको पद जोगाइदिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव सेवा आश्रमलाई अमेरिकामा बस्ने नेपालीको सहयोग

२३ जेष्ठ २०७८, आईतवार १८:११
सुर्खेतः कणर्ाली प्रदेशको राजधानी सुर्खेतमा संचालित मानव सेवा आश्रमका लागी अमेरिकामा बस्ने नेपालीहरुले करिब ४० हजार बराबरको खाद्यान्न सहयोग गरेका छन । सुर्खेतस्थित लायन्स क्लब अफ सुर्खेत गढीको समन्वयमा अमेरिकामा रहेका बेस्र्टन हाडफोर्ड लुम्बिनी लायन्स क्लब र हार्डफोर्ड काउन्टी एभरेष्ट सेन्टियल लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरुले मानव सेवा आश्रमलाई उक्त […]