अमृत भोजनका लागी अमेरिकाबाट सहयोग

कर्णालीपत्र संवाददाता १७ जेष्ठ २०७८, सोमबार १९:४६


सुर्खेत : प्रदेश आर्युबैद अस्पताल सुर्खेतमा संचालन भएको अमृत भोजनका लागी अमेरिकामा बस्ने नेपालीहरुले करिब ६३ हजार बराबरको खाद्यान्न सहयोग गरेका छन ।
कोरोना संक्रमित बिरामीहरुलाई निः शुल्क खाना र नास्ता खुवाउने उदेश्यले संचालन गरिएको सो अभियानलाई सुर्खेतस्थित लायन्स क्लब अफ गढीको समन्वयमा अमेरिकामा रहेका बेस्र्टन हाडफोर्ड लुम्बिनी लायन्स क्लब र हार्डफोर्ड काउन्टी एभरेष्ट सेन्टियल लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरुले उक्त रकम बराबरको खाद्यान्न सहयोग गरेका हुन ।
क्लबका अध्यक्षद्वय माधव आत्रेय र नरेन्द्र पन्त तथा चार्टर्ड प्रेसिडेन्ट कृष्ण कंडेलको संक्रियतामा संकलित एक हजार डलर रकम मध्ये रु ६३ हजार बराबरको खाद्यान्न आज अमृत भोजनका लागी सहयोग उपलब्ध गराइएको समन्वय संस्था लायन्स क्लब अफ गढीका अध्यक्ष लक्ष्मण कंडेलले जानकारी दिए । उनका अनुसार आवश्यकता अनुसार बाँकी रकम अन्य स्थानहरुमा कोरोना संक्रमितका लागी राहत उपलब्ध गराइने छ ।
खाद्यान्न हस्तान्त्रण कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, सामाजिक अभियान्ता टीकाराम चपाई, अस्पतालका अध्यक्ष विनोद ढकाललगायते बिदेशमा रहेका नेपालीहरुको संक्रियता भएको मानवीय सहयोगको लागी सहयोगीहरुप्रति प्रशंसा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले लिए सपथ

१७ जेष्ठ २०७८, सोमबार १९:४६
  सुर्खेत :     कर्णाली प्रदेशका नवनियुक्त दुईजना मन्त्रीले  सपथ लिएका छन्। कांग्रेसका तर्फबाट सरकारमा सहभागी भएका दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बिसीले मन्त्री पदको सपथ लिएका हुन्। उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सपद गराए। मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा श्रेष्ठले जलस्रोत तथा उर्जा विकास मन्त्रालय र बिसीले सामाजिक विकास […]