बाँकेमा थप पाँच जना काेराेना संक्रमितको मृत्यु

कर्णालीपत्र संवाददाता १७ जेष्ठ २०७८, सोमबार १२:२३

नेपालगञ्ज – बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार बिहान ५ देखि ६ बजेको बीचमा तीन जनाको मृत्यु भएको छ।

बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का ५० वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। जेठ १६ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो। उनको राति सवा १० बजे मृत्यु भयो।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का ८७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ। जेठ ६ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो। उनको सोमबार बिहान ५ बजे मृत्यु भएको छ।

लमजुङ मध्य नेपाल नगरपालिका वडा नम्बर ४ का ३१ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ। जेठ १२ गते पीसीआर गरिएका उनलाई १४ गते भर्ना गरिएको थियो। उनको बिहान ५:५० बजे मृत्यु भएको छ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ८३ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। जेठ ११ गते पीसीआर गरिएका उनलाई १२ गते भर्ना गरिएको थियो। उनको बिहान ५:१५ बजे मृत्यु भएको छ।

कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर १ का ४० वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ। जेठ २ गते पीसीआर गरिएका उनलाई ६ गते भर्ना गरिएको थियो। उनको बिहान ७ बजे मृत्यु भएको छ।

योसँगै बाँकेमा २ सय ९१ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा २ सय ८६ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अक्सिजन प्लान्टका नाममा भएको चलखेलबारे अख्तियार र संसदीय समितिले छानविन गर्दै

१७ जेष्ठ २०७८, सोमबार १२:२३
सुर्खेत । कर्णाली प्रदेशका जिल्लाहरुमा मिनी अक्सिजन प्लान्ट निर्माणका लागि विनियोजित बजेटमा चरम अनियमितता भएको रहस्य बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कर्णालीका संसदीय समितिको ध्यानकर्षण भएको छ । उनीहरुले छानविन सुरु गरेका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा कोरोना महामारी सुरु भएसँगै कर्णाली प्रदेशले यो योजना सुरु गरेको थियो […]