अस्पतालको क्षमता अभिवृद्धिका लागि अर्थ मन्त्रालयले दियो ४ अर्ब ३१ करोड रुपैयाँको सहमति

सुर्खेत प्रदेश अस्पताललाई १९ करोड

कर्णालीपत्र संवाददाता ३ जेष्ठ २०७८, सोमबार ०९:१९

काठमाडौँ – कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ बजेटको सहमति दिएको छ ।

अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो ।

यस्तै केन्द्रीय र प्रदेशिक गरि २५ वटा अस्पताललाई एचडियु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । जस मध्ये सुर्खेत प्रदेश अस्पतालमा अक्सीजन पलान्ट स्थापना लगायतका भौतिक पूर्वाधार निर्माण र औषधी खरिदका लागी १९ करोड भन्दा रकम संघीय सरकारले उपलब्ध गराउने भएको छ । अस्पतालमा अक्सीजन पलान्टलगायतका साधन तत्काल जडान गर्न माग गर्दै कणर्ालीका संघ र प्रदेशका सांसदले आइतवार स्वास्थ्य मन्त्री ह्दयश त्रिपाठीको ध्यानाकर्षण गराएका थिए ।

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फौजदारी अपराधमा सजाय पाएका कर्णालीका भौतिक पूर्वाधार मन्त्री थापालाई सर्वोच्चले झिकायो

३ जेष्ठ २०७८, सोमबार ०९:१९
सुर्खेत । मन्त्री पदमा रहने नरहने भन्ने विषयमा छलफल गर्न कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापालाई सर्वोच्च अदालतले छलफलका लागी जेठ ३० गते उपस्थित हुन आदेश जारी गरेको छ । सरकारी कागजात किर्ते प्रमाणित भई फौजदारी सजाय पाएका मन्त्री थापाको पद बदर गर्न सर्वोच्च अदालतमा दायर भएको रिटमाथी […]