कर्णालीका दुई मन्त्रीलेआज सपथ लिर्दैँ

कर्णालीपत्र संवाददाता ३ जेष्ठ २०७८, सोमबार ०९:०४

 

सुर्खेत । कर्णाली प्रदेश सरकार हेरफेरमा तीन जना मन्त्री थपेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुइ जनालाई निरन्तरता दिएका छन भने एक जना मन्त्री सपथ नलिँदै हटाइएका छन् ।

मुख्यमन्त्री शाहीले नेकपा माओवादी केन्द्रका सचेतक सीता नेपालीलाई आन्तरिक मामिला तथा कानून र युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका छन् भने गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुर प्रसाद सिग्देलले जानकारी दिए ।

उनका अनुसार मुख्यमन्त्री शाहीले संविधानको धारा १६८ को उपधारा ९ र धारा १७० को उपधारा १ बमोजिम मन्त्री नियुक्त गरेका हुन् ।

माओवादी र कांग्रेसको भागबण्डासँगै काग्रेसको भागमा अब सामाजिक विकास र उर्जा तथा जलस्रोत मन्त्रालय परेको छ ।

मुख्यमन्त्री शाहीले माओवादीका नेता जनार्दन शर्मा प्रभाकरको दबाबका कारण दुइ जनालाई मन्त्री नियुक्त गरेका हुन् भने शक्ति बस्नेत निकट रहेका सांसद विन्दमान विष्टलाई निरन्तरता नदिएका हुन् ।

नयाँ दुई मन्त्रीको आज दिउँसो १ बजे सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइसोलेसनमा थिएँ, श्रद्धाञ्जली दिएछन् : थापा

३ जेष्ठ २०७८, सोमबार ०९:०४
काठमाडौं ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफू कोरोना संक्रमित भइ आइसोलेसनमा रहेका बेला श्रद्धाञ्जली दिइएको भन्दै गुनासो गरेका छन् । उनले यस्ता कार्यले आफू आश्चर्यचकित भएको पनि उल्लेख गरेका छन् । उनले महेश बस्नेतलाई विवादमा तान्ने गरी फोटोसपको प्रयोग गरिएको भन्दै त्यसप्रति आफ्नो ध्यानकर्षण भएको उल्लेख गरेका छन् । […]