स्वास्थ्य अधिकार माग्दै उच्च अदालतमा रिट

कर्णालीपत्र संवाददाता ३ जेष्ठ २०७८, सोमबार ०८:५१

सुर्खेत — अक्सिजनलगायत स्वास्थ्य सेवा सुलभ बनाउन र मानव अधिकारको संरक्षण गर्न माग गर्दै सुर्खेत उच्च अदालतमा दुईवटा रिट परेका छन् । निवेदकले नेपाल सरकार, कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश अस्पताललाई विपक्षी बनाएका छन् ।

अधिवक्ता गणेशबहादुर ओलीले दायर गरेको रिटमा कर्णाली प्रदेश अस्पतालले अक्सिजन अभाव देखाई घुमाउरो रुपमा बिरामी भर्ना लिन नसकिने उल्लेख गर्दा जनताको स्वास्थ्यको हक प्रभावित भएको उल्लेख छ । प्रदेश अस्पतालले शुक्रबार सूचना जारी गरी नेपालगन्जबाट अक्सिजन आपूर्ति ठप्प भएको भएको भन्दै नयाँ बिरामी भर्ना लिन नसकिने उल्लेख गरेको थियो । अधिवक्ता ओलीले कोभिडका बिरामीको निःशुल्क रुपमा उपचार गर्ने व्यवस्थाको लागि पनि आदेश माग गरेका छन् ।

मानव अधिकार संरक्षणको माग गर्दै परमादेशको आदेश जारी गर्न माग गरेका छन् । रिटमा महामारीको समयमा अस्पतालमा बेड, आइसीयू, भेन्टिलेटर, अक्सिजनजस्ता स्वास्थ्य पूर्वाधार जनशक्ति व्यवस्थापन गर्न माग गरिएको छ । रकमान्तरण गरेर भए पनि स्वास्थ्य सामग्रीको आपूर्ति यथाशीघ्र गर्ने, नगराउने प्रबन्ध मिलाउने आदेश माग गरिएको छ ।

त्यस्तै, वैदेशिक रोजगारीबाट फर्किदै गरेका व्यक्तिलाई घरसम्म पुर्‍याउन, ज्याला मजदुरी गर्ने मजदुरलाइै दैनिक राहत दिन, कालोबजारी रोक्न, निषेधाज्ञा उल्लंघन गरेको आरोपमा भौतिक तथा मानसिक यातना नदिन, कारागारमा रहेका कैदी–बन्दीलाई पीसीआर परीक्षण गर्नसमेत माग गरिएको छ । खत्री र विष्टले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका दुई मन्त्रीलेआज सपथ लिर्दैँ

३ जेष्ठ २०७८, सोमबार ०८:५१
  सुर्खेत । कर्णाली प्रदेश सरकार हेरफेरमा तीन जना मन्त्री थपेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुइ जनालाई निरन्तरता दिएका छन भने एक जना मन्त्री सपथ नलिँदै हटाइएका छन् । मुख्यमन्त्री शाहीले नेकपा माओवादी केन्द्रका सचेतक सीता नेपालीलाई आन्तरिक मामिला तथा कानून र युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका छन् भने गोपाल […]