व्यवसायी दुःख दिने काम बन्द गर : महासचिव कंडेल

कर्णालीपत्र संवाददाता २८ बैशाख २०७८, मंगलवार १५:४३

सुर्खेत : वीरेन्द्रनगरका व्यवसायीलाई अनावश्यक दुःख काम गरेको भन्दै स्थानीय प्रशासनप्रति सुर्खेत उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ । पसल खोलेको बहानामा ब्यवसायलाई तारो बनाएर दुःख दिने काम भइरहेको भन्र्दै संघका महासचिव लक्ष्मण कंडेलले सरकार र स्थानीय प्रशासनको उक्त कामप्रति बिरोध जनाएका हुन् ।
लकडाउनको पालना गर्दे मर्यादित र जिम्मेवार भएर स्थानीय प्रशासनलाई सहयोग गरिरहेको अवस्थामा पसल खोलेकै भरमा व्यवसायीलाई जरिमाना गर्ने र कारबाही गर्ने काम तुरुन्त बन्द गर्न महासचिव कंडेलले स्थानीय प्रशासनसँग आग्रह समेत गरेका छन ।
सयौको संख्यामा सदन चलाउन हुने तर लकडाउन पालना गरेर घर बसेका व्यवसायीलाई जरिमाना र कारबाही गर्ने तरिका ठिक नभएको भन्दै उनले त्यस्तो काम आफूहरुलाई सह्य नभएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उपचारबाट कसैले पनि विमुख हुने अवस्था आउन नदिन सर्वोच्च अदालतको आदेश (आदेशसहित)

२८ बैशाख २०७८, मंगलवार १५:४३
काठमाडौँ – सर्वोच्च अदालतले कोरोनाबाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्न आदेश दिएको छ। अधिवक्ता शैलेन्द्रप्रसाद अम्वेडकर र मेहना अन्सारीले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले अस्पाताल, अक्सिजनलगायतका पूर्वाधार तत्काल तयार पार्न अन्तरिम आदेश दिएको हो। सर्वोच्चले दिनदिन कोरोना बिरामीको संख्या बढ्दै गएको […]

सम्बन्धित शीर्षक