गण्डकीमा सरकार बनाउने कांग्रेस-माओवादी प्रयास असफल

कर्णालीपत्र संवाददाता २८ बैशाख २०७८, मंगलवार १५:१८

पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले वैकल्पिक सरकारको पक्षमा हस्ताक्षर गर्न नमानेपछि गण्डकी प्रदेशमा गठबन्धन सरकार बनाउने कांग्रेस-माओवादीसहित चार दलको प्रयास असफल भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले वैकल्पिक सरकार गठनका लागि दलहरूलाई दिएको तीन दिनको समय आज सकिँदैछ । अन्तिम घडीसम्म पनि जनमोर्चाका सांसद कृष्ण थापाको साथ लिन नसकेपछि विपक्षी गठबन्धनले पीएस गुरुङलाई विस्थापित गर्न नसक्ने भएको हो ।

माओवादी केन्द्रका नेता तथा सांसद दिपक कोइरालाले जनमोर्चा सांसद कृष्ण थापाका कारण अब एक महिना गुरुङ नै मुख्यमन्त्री हुने निश्चित भएको बताए । कोइरालाले  भने, ‘जनमोर्चाका कृष्ण थापाले हामीलाई समर्थन गर्न मान्नुभएन । उहाँले नमान्ने बित्तिकै बहुमत नपुग्ने भयो । अब २९ दिनका लागि उहाँ नै मुख्यमन्त्री हुनुभयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

व्यवसायी दुःख दिने काम बन्द गर : महासचिव कंडेल

२८ बैशाख २०७८, मंगलवार १५:१८
सुर्खेत : वीरेन्द्रनगरका व्यवसायीलाई अनावश्यक दुःख काम गरेको भन्दै स्थानीय प्रशासनप्रति सुर्खेत उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ । पसल खोलेको बहानामा ब्यवसायलाई तारो बनाएर दुःख दिने काम भइरहेको भन्र्दै संघका महासचिव लक्ष्मण कंडेलले सरकार र स्थानीय प्रशासनको उक्त कामप्रति बिरोध जनाएका हुन् । लकडाउनको पालना गर्दे मर्यादित र जिम्मेवार […]