पार्टी अध्यक्ष ओलीबाट रेस्पोन्स नआएपछि नेपाल समुह राजीनामाका लागी बैठक बस्दै

कर्णालीपत्र संवाददाता २७ बैशाख २०७८, सोमबार १०:१४

काठमाडौँ–    नेकपा एमालेभित्रको माधवकुमार नेपाल पक्ष अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले राखेका मागमा अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएपछि अब सामूहिक राजीनामाको बाटोमा जाने भएको छ।

आज प्रतिनिधि सभामा विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने वातावरण बनाउन नेपाल समूहले सोमबार बिहान ९ बजेसम्मको  ‘अल्टिमेटम’ दिएको थियो।

नेता नेपालले आइतबार राति ओलीलाई  ६ बुँदे पत्र लेखेका थिए। उक्त पत्रमा उनले सर्वोच्चले नेकपालाई एमाले र माओवादीको पुरानै अवस्थामा पुर्‍याएकाले एकीकरणअघि अर्थात् २०७५ जेठ २ को अवस्थाबाट क्रियाशिल बनाउनुपर्ने सर्त राखेका थिए।

त्यस्तै त्यसयता ओलीले एमालेमा गरेका केन्द्रीय कमिटी विघटन तथा नेताहरूलाई गरिएको कारबाही र सांसदहरूलाई सोधिएको स्पष्टीकरणलगायत निर्णय खारेज गर्नुपर्ने नेपालको माग थियो।

उक्त पत्रबारे अध्यक्ष ओलीले कुनै रेस्पोन्स नगरेकाले अब आफूहरूले बैठक बसेर सामूहिक राजीनामा दिने नेपाल पक्षीय सांसद मेटमणि चौधरीले जानकारी दिए।

‘खै, उताबाट अहिलेसम्म केही रेस्पोन्स आएन। अब हामी बैठक बस्दैछौं। सामूहिक राजीनामाको बाटोतिर जान्छौं होला,’ सांसद चौधरीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मध्यरातमा महन्थकाे विज्ञप्ति, वैकल्पिक सरकार गठनमा नलाग्ने

२७ बैशाख २०७८, सोमबार १०:१४
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नाे पार्टीकाे प्राथमिकता नरहेको बताएका छन् । साेमबार राती विज्ञप्ति जारी गर्दै ठाकुरले जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बाेधनकाे विषयमा केन्द्रीत रहेको बताएका हुन् ।