झलनाथ खनाल कोरोना संक्रमणमुक्त, केहि दिन चिकित्सककै निगरानीमा रहने

कर्णालीपत्र संवाददाता २७ बैशाख २०७८, सोमबार ०९:३९

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड-१९ सङ्क्रमणमुक्त भएका छन् । संक्रमित भई नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उनको परीक्षण रिपोर्ट आइतबार साँझ नेगेटिभ आएको हो ।

स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पीसीआर परीक्षण गर्दा सङ्क्रमण नदेखिएको बताए। उनका अनुसार संक्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहनेछन् ।

संक्रमित भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्नाभएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठूलो दलको नेताको हैसियतमा ओली फेरी प्रधानमन्त्रीमा नियुक्ती हुनुहुन्छ : नेम्वाङ

२७ बैशाख २०७८, सोमबार ०९:३९
काठमाडौं- नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले विभिन्न सञ्चार माध्यमले चर्चा गरे जस्तो आज प्रधानमन्त्रीले राजीनामा नगर्ने बताउनुभएको छ । ‘विभिन्न सञ्चार माध्यममा प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्छ भनेर लेखेको देख्छु तर यो गलत सावित हुन्छ,’ नेम्वाङले नेपाली बहस डटकमसँग कुरा गर्दै भन्नुभयो, ‘बहुमत प्राप्त भएन भने पनि प्रधानमन्त्री संविधान बमोजिम […]