सुर्खेत उद्योग वाणिज्य संघलाई क श्रेणीको सम्मान

कर्णालीपत्र संवाददाता २९ चैत्र २०७७, आईतवार २०:०८


सुर्खेत :  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत उद्योग वाणिज्य संघलाई क श्रेणीको सम्मान दिइएको छ । उद्योग, व्यापार व्यवसायको विकासमा संघले महत्वपूणर् भूमिका खेलेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले क श्रेणीको सम्मान प्रदान गरेको हो ।
महासंघको ५५ औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०७७ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतलाई एक समारोहकाबीच प्रमाणपत्र प्रदान गरेका हुन । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको संयोकत्वमा गठित कदर सम्मान समितीले देशभरका क श्रेणीका उद्योग वाणिज्य संघ मध्ये कणर्ाली प्रदेशबाट सुर्खेत उद्योग वाणिज्य संघलाई छनौट गरेको संघका महासचिव लक्ष्मण कंडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षक