आगलागी हुँदा कालिकोटमा ६ घर जलेर नष्ट

कर्णालीपत्र संवाददाता २९ चैत्र २०७७, आईतवार १९:३६

कालिकोट । जिल्लाको पचालझरना गाउँपालिका-८ मा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । शनिबार भएको आगलागीमा गाउँपालिका-८ खोलीबजार, भुराबगरमा आगलागीमा ६ घर जलेर नष्ट भएका हुन् ।

आगलागी हुँदा दुर्गा सार्की, वीरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृत सार्कीलगायत ६ जनाको घर जलेर पूर्णरुपमा नष्ट भएको पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए ।

आगलागी हुँदा मानवीय क्षति नभएको र अन्य एउटै घरको करीब १० देखि १५ लाखसम्मको धनमालको क्षति भएको अध्यक्ष सेजुवालले जानकारी दिए । “घरमा रहेका सबै धनमाल जलेर नष्ट भएका छन्”, उनले भने, “एउटै घरको करीब १० लाखदेखि १५ लाखसम्म धनमालको क्षति भएको छ ।”

आगलागीपीडितलाई तत्काल खान र बस्नका खाद्यान्न वितरण गरिएको अध्यक्ष सेजुवालले बताए । “तत्काल खान र बस्नका लागि खाद्यान्नको व्यवस्था गरेको छौँ”, उनले भने, “आगलागी पीडित अहिले त्रिपाल टासेर बसेका छन् ।” आगलागी पीडितलाई घर निर्माणका लागि नेपाल सरकारको जनता आवास कार्यक्रममार्फत घर निर्माणको पहल थालिने अध्यक्ष सेजुवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेसको नेतृत्वमा सरकार बनाउन नसकिने जसपाको निश्कर्ष

२९ चैत्र २०७७, आईतवार १९:३६
काठमाण्डौँ ।   सत्ता समीकरणका लागि निर्णायक ठानिएको जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसको नेतृत्वमा सरकार बनाउन तत्काल सम्भव नभएको निश्कर्ष निकालेको छ । राजधानीमा आइतवार बसेको जसपा पदाधिकारीको बैठकमा बहुसंख्यक सदस्यहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउन सम्भव नभएको निश्कर्षमा पुगेका हुन् । शुक्रवार कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने भन्दै सहयोगका लागि माओवादी […]