माओवादी केन्द्रले भन्यो- प्रदेश प्रमुखले प्रदेश सरकारमाथि हस्तक्षेप गरे

कर्णालीपत्र संवाददाता २२ चैत्र २०७७, आईतवार ०७:००

सुर्खेत ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले कर्णाली प्रदेश सरकारलाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले हस्तक्षेप गरेको आरोप लगाएको छ ।

माओवादी केन्द्र, कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश प्रमुख कलौनीले सरकारमाथि हस्तक्षेप गरेको आरोप लगाएको हो । नेकपा (एमाले) ले गरेको समर्थन फिर्ता लिएको विषयमा दुई पटक प्रदेश प्रमुखको कार्यालयले ध्यानाकर्षण गराएको विषयमा माओवादी केन्द्रले प्रदेश सरकारमाथि हस्तक्षेप बढाएको आरोप लगाएको हो ।

समर्थन फिर्ता लिएको जानकारी दिएको ३० दिन नपुग्दै पटक-पटक प्रदेश प्रमुखले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउनुमा संविधानले दिएको अधिकारभन्दा बढी पार्टीको गुटमा लागेको माओवादी केन्द्रको प्रदेशसभाका प्रमुख सचेतक सीता नेपालीले बताइन् ।

‘संविधानले दिएको अधिकारभन्दा बढी उहाँले गुटको राजनीति गर्नुभएको छ,’ उनले भनिन्, ‘संविधानमा उहाँ संघको एउटा प्रतिनीधि मात्र हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *