प्रधानमन्त्रीले भनेः समर्थन फिर्ता लेऊ, राजीनामा आउँछ

कर्णालीपत्र संवाददाता २२ चैत्र २०७७, आईतवार ०६:४३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई समर्थन फिर्ता लिन चुनौती दिएका छन् । बालुवाटारमा देशभरका एक सय ६५ सडक सञ्जालको शुभारम्भ गर्दै यस्तो चुनौति दिएका हुन् ।

ओलीले भने- काठमाडौंमा बढी बिक्ने भनिएका राष्ट्रिय अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार दिँदैनन् । अनि राजीनामा मागियो प्रधानमन्त्रीको भनेर हेडलाइन बनाउँछन् । राजीनामा त माग्यामाग्यै छन् त । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या छ माग्या छ । ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी केन्द्रले भन्यो- प्रदेश प्रमुखले प्रदेश सरकारमाथि हस्तक्षेप गरे

२२ चैत्र २०७७, आईतवार ०६:४३
सुर्खेत ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले कर्णाली प्रदेश सरकारलाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले हस्तक्षेप गरेको आरोप लगाएको छ । माओवादी केन्द्र, कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश प्रमुख कलौनीले सरकारमाथि हस्तक्षेप गरेको आरोप लगाएको हो । नेकपा (एमाले) ले गरेको समर्थन फिर्ता लिएको विषयमा दुई पटक प्रदेश प्रमुखको […]