आमा बन्दै प्रियंका, फेसबुकमा लेखिन् : अब सोध्न छाड्नूस !

कर्णालीपत्र संवाददाता २२ चैत्र २०७७, आईतवार ०६:३४

काठमाडौं । आफू गर्भवती भएको गाइँगुइँलाई अभिनेत्री प्रियंका कार्कीले सत्य सावित गरिदिएकी छिन् । परिवारसँग होली खेलेको तस्विरमा प्रियंका गर्भवती भएको अनुमान गरिएको थियो ।

उक्त तस्विरलाई आधार मान्दै उनी गर्भवती भएको गसिप पनि चलेका थिए । तर, प्रियंका स्वयमले सामाजिक संजालमार्फत आफू प्रेगेनेन्ट भएको पुष्टि गरेकी छिन् ।

पति आयुष्मानसँग खिचाएको गर्भवती भएको तस्विर उनले फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छिन् । जहाँ उनले लेखेकी छिन्– मलाई सोध्न बन्द गर्नूस । हो म प्रेगनेन्ट भएकी हुँ ।’

आमा बन्ने पुष्टि भएसँगै प्रियंकालाई बधाइको ओइरो आउन थालेको छ । सन् २०२० को फेब्रुअरी २८ मा प्रियंका र आयुष्मान विहे बन्धनमा बाँधिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सम्भवतः छिट्टै नयाँ सरकार बन्नेछः प्रचण्ड

२२ चैत्र २०७७, आईतवार ०६:३४
काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर नयाँ सरकार गठनका लागि पहल पर्ने निर्णय गरेपछि देशको राजनीतिले कोल्टे फेरेको बताएका छन्। शनिबार कपिलवस्तुमा आयोजित जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले […]

सम्बन्धित शीर्षक