प्रधानमन्त्रीको राजीनामा मागे पनि तत्काल नयाँ सरकार बन्ने संभावना छैनः निधि

कर्णालीपत्र संवाददाता २२ चैत्र २०७७, आईतवार ०६:०५

झापा – नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नै पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने निर्णय तत्काल नयाँ सरकार बन्ने संभावना नरहेको नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले बताएका छन्।

उनले जनता समाजवादी पार्टीले नयाँ सरकारमा आउनका लागि स्पष्ट कुरा नराखेकाले नयाँ सरकार निर्माण अन्यौलमा परेको बताए।

नेपाल प्रेस युनियन झापा शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै कांग्रेसका उपसभापति निधिले कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग गरे पनि प्रधानमन्त्री ओलीले तत्काल राजीनामा गर्ने संभावना नदेखिएको बताए।

निधिले भने, ‘कांग्रेसले त निर्णय गरिसकेको छ। तर माओवादीले समर्थन फिर्ता लिएको छैन। त्यसैले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा गर्नुहुन्छ भन्ने मलाई लाग्दैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली सरकारले तत्काल विश्वासको मत नमाग्ने निर्णय

२२ चैत्र २०७७, आईतवार ०६:०५
सुर्खेत । कर्णालीमा अल्पमतमा परेको भनिएको प्रदेश सरकारले तत्काल विश्वासको मत नमाग्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको संसदीय दलको वैठकले सरकारको बहुमत नगुमेको भन्दै विश्वासको मत माग्नु नपर्ने निस्कर्ष निकालेको हो । ‘नेकपा एमालेको नाममा १० जना सांसदले चैत ४ गते प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष सरकारलाई दिएको […]

सम्बन्धित शीर्षक