कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त

कर्णालीपत्र संवाददाता १८ फाल्गुन २०७७, मंगलवार १९:३१

कर्णाली-कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रिमत छैनन् । आजसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना सङ्क्रमण शून्यमा झरेको हो ।

मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले सुर्खेतमा ११ सक्रिय सङ्क्रमित रहेको जनाएको छ । हालसम्म सुर्खेतमा तीन हजार २६५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

दैलेखमा एक हजार ६८५, सल्यानमा ६९३, जुम्लामा ४२३, कालीकोटमा ३३३, रुकुम पश्चिममा २५७, जाजरकोटमा १५९, हुम्लामा ६१, मुगुमा ४१ र डोल्पाका ४४ जनामा सङ्क्रमण देखिएको थियो ।

अन्य प्रदेशका ५९८ तथा भारतका पाँच जनामा पनि कर्णालीमै कोरोना पुष्टि भएको थियो । प्रदेशमा हालसम्म सात हजार ५५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

तीमध्ये सात हजार ३८१ सङ्क्रमणमुक्त भएका हुन्। कर्णालीमा सङ्क्रमण पुष्टि भएका ३१ जनाको मृत्यु भएको छ । त्यस्तै, कर्णालीमा कोरोना भाइरसविरुद्धको २६ हजार ९९० जनाले खोप लगाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रकाण्डको नेतृत्वमा विप्लव समूहले सरकारसँग वार्ता गर्ने

१८ फाल्गुन २०७७, मंगलवार १९:३१
सरकारसँग वार्ता गर्न नेत्रविक्रम चन्द विप्लव समूहले समिति गठन गरेको छ। सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा वार्ता टोली गठन गरेको केही समयपछि विप्लव समूहले पनि वार्ता टोली गठन गरेको हो। सचिवालय सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य उदय चलाउने दीपकसहितको वार्ता टोली गठन गरिएको विप्लवले जारी गरेको विज्ञप्तिमा […]