भट्टराईलाई क्यान्सर नभएको निष्कर्ष, ट्युमरको अपरेसन गर्न चिकित्सकको सुझाव

कर्णालीपत्र संवाददाता १७ फाल्गुन २०७७, सोमबार १३:५६

दिल्ली । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका छन् । विभिन्न परीक्षणपछि चिकित्सकहरुले भट्टराईको ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेका हुन् ।

ट्युमरलाई भने छिटै अपरेसन गरेर फाल्नुपर्ने चिकित्सकको सुझाव छ । छिटै ट्युमरको अपरेसन नगरे क्यानसर हुनसक्ने डा. प्रोफेसर विक्रम भाटियाले बताएका छन् ।

भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो ।

भट्टराई स्वास्थ्य परीक्षण सकेर मंगलबार स्वदेश फर्कदैँ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त

१७ फाल्गुन २०७७, सोमबार १३:५६
कर्णाली-कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रिमत छैनन् । आजसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना सङ्क्रमण शून्यमा झरेको हो । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले सुर्खेतमा ११ […]