राष्ट्रपतिद्वारा फागुन २३ गते संसद अधिवेशन आह्वान

कर्णालीपत्र संवाददाता १७ फाल्गुन २०७७, सोमबार १३:५०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयले केही बेरअघि जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नयाँ बानेश्‍वरस्थित संसद भवनमा प्रतिनिधिसभाको अधिवेशन आव्हान गरिएको उल्लेख छ ।

सर्वोच्च अदालतले फागुन ११ गते संसद पुन:स्थापनाको फैसला गर्दै १३ दिनभित्र संसदको अधिवेशन आव्हान गर्न परमादेश जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भट्टराईलाई क्यान्सर नभएको निष्कर्ष, ट्युमरको अपरेसन गर्न चिकित्सकको सुझाव

१७ फाल्गुन २०७७, सोमबार १३:५०
दिल्ली । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका छन् । विभिन्न परीक्षणपछि चिकित्सकहरुले भट्टराईको ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेका हुन् । ट्युमरलाई भने छिटै अपरेसन गरेर फाल्नुपर्ने चिकित्सकको सुझाव छ । छिटै ट्युमरको अपरेसन नगरे क्यानसर हुनसक्ने डा. प्रोफेसर विक्रम भाटियाले […]