रघुजी पन्तको प्रतिक्रियाः मेरो अभिव्यक्तिले कोमल वलीको भावनामा चोट पुगेकोमा दुखी छु

कर्णालीपत्र संवाददाता १६ फाल्गुन २०७७, आईतवार १५:२०

काठमाडौँ- कोमल वलीप्रति ‘लैङ्गिक हिंसाजन्य’ टिप्पणी गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ खेमाका नेता रघुजी पन्तले आफ्नो अभिव्यक्तिको आशय वलीलाई चोट पुर्‍याउने नभएको दाबी गरेका छन्।

शनिबार नुवाकोटमा आयोजित एक कार्यक्रममा पन्तले ‘पोइला जान पाम् भन्ने गीत गाएर, सारी सरक्क सर्काएर गोडा, पिंडुला देखाइदिएपछि’ उनलाई ओलीले सांसद बनाएको भन्ने अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिको व्यापक विरोध भइरहेका बेला पन्तले आइतबार देशसञ्चारसँग भने, ‘मेरो आशय कोमल वलीजीको भावनामा चोट पुर्‍याउने होइन। मेरो अभिव्यक्तिले कोमल वलीजीलाई चोट परेकोमा म दुःखी छु। तर विषयलाई बंग्याएर विवादमा तान्नु उचित होइन। म महिला समानताको पक्षमा उभिदै आएको नेता हुँ। महिलाप्रति मेरो सम्मान छ।’

पन्तले आफ्नो यौनिकतामाथि सार्वजनिकरुपमा टिप्पणी गरेपछि वलीले भनेकी थिइन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदो रहेछ भन्ने बल्ल आएर खुलेको छ। पन्तजीलाई मेरो प्रश्न : तपाईको पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नु भएको हो? के यो देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हासिल गर्न तपाईँको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ ?’

पन्तले भने आफूलाई निच जस्ता शब्द प्रयोग गर्दै वली सार्वजनिकरुपमा उत्रिएकोमा पनि आपत्ति जनाएका छन्।

वलीले आफूविरुद्ध अदालत जाने तयारी गरेको प्रसंगमा पन्तले भने, ‘म फेरि पनि दोहोर्‍याउँछु। मेरो अभिव्यक्तिका कारण कोमल वलीजको भावनामा चोट पुगेकोमा म दुखी छु। तर मेरो आशय उहाँलाई चोट पुर्‍याउने होइन।

पन्तको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुँदै

१६ फाल्गुन २०७७, आईतवार १५:२०
काठमाडाैँ – पचास वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपाल अबका पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति हुन सिफारिस गरेसँगै गरिब देशको समूहबाट स्तरोन्नत हुन लागेको हो । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार […]